ad ad

राजनीति


सिके राउतको निष्कर्ष : अदालतसहित राज्यका सबै निकाय दलका भर्तीकेन्द्र

संसद् चारजना नेताको रबर स्ट्याम्प बन्यो
सिके राउतको निष्कर्ष : अदालतसहित राज्यका सबै निकाय दलका भर्तीकेन्द्र

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १७:१४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके० ले राज्यका सबै अंग असफल भएको निष्कर्ष निकालेका छन्।

उनले निर्वाचन प्रक्रिया नै अलोकतान्त्रिक भएकोले सच्याउन जरुरी रहेको पनि बताएका छन्।

नेपालको निर्वाचन प्रक्रिया अलोकतान्त्रिक, विकृत र अति महँगो भएको बताउँदै राउतले जनताले निर्भय रुपमा आफ्नो मत प्रयोग गर्न नसकेको जिकिर गरेका छन्।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा राउतले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सरकार र कर्मचारीतन्त्रमा हालीमुहाली जमाएका पार्टीहरुले निर्वाचन प्रक्रियालाई आफूअनुकूल बनाई निर्वाचन गर्दै आएका छन्।’

शीर्ष नेतालाई व्यवस्थापन गर्न समानुपातिक प्रणालीको दुरुपयोग भएको उनले ठहर गरेका छन्। 

‘यो चाहिँ शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने, उनीहरुको नातागोतालाई सुरक्षित संसदसम्म पुर्‍याउने माध्यम बनेको छ, राउतको प्रतिवेदनको नौ नम्बर बुँदामा उल्लेख छ, ‘संसद् शीर्ष पार्टीका चार नेताहरुको योजनालाई वैद्यता दिने रबर–स्टाम्पमा सीमित रहन पुगेको छ।’

उनले कार्यपालिकामा कर्मचारीको मनोमानी रहेको पनि उल्लेख गरेका छन्।

‘कार्यपालिका र यसका अंगहरु शीर्ष राजनीतिक दलका भर्ना केन्द्र र भातृसंगठनमा सीमित हुन पुगेको छ,’ राउतको प्रतिवेदनमा छ, ‘न्यायपालिकामा बेन्च, सपिङ खुलेआम हुनुको साथै न्यायपालिकासमेत दलका कार्यकार्ताको भर्ती केन्द्र बन्न पुगेको छ। जहाँबाट आमजनताले कुनै न्यायको आशा गर्न सक्दैनन्।’

‘अख्तियार, निर्वाचन आयोगसहित संवैधानिक निकायहरु, संस्थानहरु सबै दलका पार्टीहरुको नियुक्ति र सौदाबाजीस्थल बन्न पुगेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .