ad ad

राजनीति


खनालप्रति संकेत गर्दै नेपालले दोहोर्‍याए : जबजलाई किमार्थ परित्याग गर्न सकिँदैन

खनालप्रति संकेत गर्दै नेपालले दोहोर्‍याए : जबजलाई किमार्थ परित्याग गर्न सकिँदैन

नेपालखबर
माघ २१, २०८० आइतबार १९:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गरेका हुन्।

पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौंमा एक कार्यक्रमकाबीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादलाई दक्षप्रजापतिको टाउको भन्नेहरुले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अंगिकार गरेर आफूहरु अघि बढ्ने दोहोर्याए।

आज पनि कम्युनिष्ट पार्टीलाई सिध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादीहरु लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिष्टहरुले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको भनाई थियो। उनले जनताको बहुदलीय जनवादको सारतत्व नबुझेकाहरुले मात्रै यसको विरोध गर्ने गरेको जिकिर समेत गरे।

अध्यक्ष नेपालले भने, ‘विचार नै परित्याग गरेर, अनि हिजो पनि जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्ने। आज पनि यहाँ आएर यसलाई समाप्त पार्नका लागि लाग्ने त्यो विचारलाई किमार्थ ठिक भन्न सकिँदैन।’

अध्यक्ष नेपालले समाजमा वर्गहरु रहेसम्म विभिन्न पार्टीहरु अस्तित्वमा रहने हुनाले पनि प्रतिष्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरबस्तुको सान्दर्भिकता कायमै रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .