राजनीति


कांग्रेसले भन्यो : राष्ट्रियसभा निर्वाचनमा कोसीको परिणाम अनपेक्षित र गम्भीर

कांग्रेसले भन्यो : राष्ट्रियसभा निर्वाचनमा कोसीको परिणाम अनपेक्षित र गम्भीर

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १६:५७, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा कोसी प्रदेशको परिणामलाई अनपेक्षित र गम्भीर भनेको छ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कोसीमा राष्ट्रियसभाको निर्वाचनलाई अनपेक्षित र गम्भीर रहेको ठहर गरेको हो।

बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोसीको परिणामलाई पार्टीले सामान्य रुपमा नलिएको बताएका छन्। 

'कोसीमा राष्ट्रियसभामा कोशी प्रदेशको परिणाम अनपेक्षित छ। कोसी प्रदेशमा गठबन्धनका दुवै उम्मेदवारले जित्ने अवस्थामा आएको परिणामलाई हामीले अनपेक्षित लिएका छौँ', लेखले भने, 'यो विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।'

राष्ट्रियसभामा कोसीबाट अन्यतर्फ कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विजयी भएका थिए। उता महिलातर्फ भने गठबन्धनको भोट तानेर नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन्।

रुक्मिनी विजयी हुँदा चम्पादेवी कार्की पराजित भइन्। ओखलढुंगाकी चम्पा पराजित हुँदा नेकपा माओवादी केन्द्र भने कांग्रेसले धोका दिएको भन्दै रुष्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .