खेल


साग स्वर्ण पदक विजेतालाई एन्फाले जनही ५ लाख दिने

साग स्वर्ण पदक विजेतालाई एन्फाले जनही ५ लाख दिने

नेपालखबर
माघ २६, २०७६ आइतबार १०:०,

घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ।

एन्फाको नौ महिनापछि आइतबार बसेको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
गत मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा नेपालले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको थियो। महिलतर्फ भने नेपाली टोली भारतसँग पराजित भएको थियो। सरकारले भने स्वर्ण पदक जित्ने फुटबल टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ।

एन्फाले सहिद स्मारक बी र सी डिभजिन लिगको लागि तयारी र पुरस्कार राशीको पनि तय गरेको छ। बी डिभिजन टोलीलाई लिगको तयारीका लागि हरेक क्लबलाई १० लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ। बी डिभिजनको विजेतालाई १५ लाख, दोस्रोलाई ८, तेस्रोलाई ५ तथा चौथोलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको एन्फाले छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad