ad ad

राजनीति


सरकारको ध्यान मानव अधिकार संरक्षणभन्दा सत्ता लुछाचुँडीमा : अष्टलक्ष्मी शाक्य

सरकारको ध्यान मानव अधिकार संरक्षणभन्दा सत्ता लुछाचुँडीमा : अष्टलक्ष्मी शाक्य

नेपालखबर
माघ १६, २०८० मंगलबार १९:७, काठमाडौँ

नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान सत्ता गठबन्धन मानव अधिकारको विषयमा संवेदनशील नभएको बताएकी छन्। 

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको दोस्रो सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च बागमती प्रदेशको प्रथम सभालाई काठमाडौंमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले गठबन्धन सरकारको ध्यान मानव अधिकारको रक्षामाभन्दा सत्ता लुछाचुँडीमा केन्द्रित भएको बताइन्।

‘सरकारको मानवअधिकार विरोधी गतिविधिको विरुद्ध खबरदारी गर्न जरुरी छ’, उनले भनिन्। 

नेपाली जनताको बलिदानबाट प्राप्त संघीय गणतन्त्रमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुनु दुखद भएको शाक्यले बताइन्।

यसविरुद्ध मानवअधिकारकर्मी र सामाजिक अभियन्ताले नागरिक आन्दोलनलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको शाक्यले बताइन्। 

कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरे पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए। 

यसले नेपालका राजनीतिक दल र सरकारप्रति जनताको विश्वास घट्दै गएको ढकालले बताइन्। मानव अधिकारको विषयमा नेकपा एमाले गम्भीर रहेको उनले बताए।

मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको सवाल विश्वमा नै चुनौती पूर्ण हुँदै गएको बताए। अधिकार सवालमा संगठित भएर लाग्नु पर्ने उनको भनाइ छ। 

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सरकार मानव अधिकार विरोधी भएको बताए।

सरकाले रोजगारीको लागि विदेश जाने परीक्षा दिन पाउँ भन्ने युवालाई गोली ठोकेर मारेको ढुङ्गेलको भनाइ छ । त्यति मात्र होइन अपराधीलाई कैद माफी दिएर सरकारले मानवअधिकारको खिल्ली उडाउने काम गरेको उनले बताए।

सभाले मानव अधिकार र समसामयिक विषयमा १५ बुँदे काठमाडौं घोषणा–पत्र जारी गरेको छ। भेलामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका मानव अधिकार एलाइन्सका सदस्यहरू र मानवअधिकारकर्मी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .