राजनीति


दिल्ली विधानसभा चुनावः फेरि आम आदमी पार्टी नै सत्तामा आउने सम्भावना

दिल्ली विधानसभा चुनावः फेरि आम आदमी पार्टी नै सत्तामा आउने सम्भावना

नेपालखबर
माघ २६, २०७६ आइतबार ५:६,

भारतको दिल्ली सत्तामा फेरि आम आदमी पार्टी नै आउने सम्भावना बढेको छ।

शनिबार सम्पन्न दिल्ली विधानसभा चुनावबाट अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत ल्याउने सम्भावना प्रारम्भिक सर्वेक्षणले देखाएको हो।

भारतका प्रायः सञ्चारमाध्यमका ‘एक्जिट पोल’ (सर्वेक्षण)ले केजरीवालको पार्टीले स्पष्ट जित हासिल गर्ने सम्भावना देखाएका हुन्।

एक्जिट पोललाई आधार मान्दा केन्द्र सरकार हाँकिरहेको भारतीय जनता पार्टी र कंग्रेस आई सत्ताको आसपास पनि नदेखिएको भारतीय सञ्चारमध्यमहरूको विश्लेषण छ।

निर्वाचनको अन्तिम परिणाम मंगलबार आउनेछ।

एक्जिट पोलमा आम आदमी पार्टीले सन् २०१५ मा ल्याएजति नै मत ल्याउने देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad