राजनीति


पूर्वराजा ज्ञानेन्द्रविरुद्ध एमाले आक्रामक, ‘दाजुको परिवार सखाप पारेको’ आरोप

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध एमाले आक्रामक, ‘दाजुको परिवार सखाप पारेको’ आरोप

फाइल फाेटाे : पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले नेता विष्णु रिजाल


नेपालखबर
माघ १५, २०८० सोमबार ७:२०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक भइरहेको छ। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा शाहविरुद्ध सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिइरहेका बेला यसका अन्य नेताहरूले पनि सामाजिक सञ्जालमार्फत शाब्दिक प्रहार गरिरहेका छन्। 

यसै क्रममा सोमबार बिहानै एमाले केन्द्रीय सदस्य विष्णु रिजालले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश उनकै भाइ पूर्वराजा ज्ञानेन्द्रले गरेको आरोप लगाएका छन्। त्यही भएर धेरै ‘चुरिफुरी’ नगर्न उनले ज्ञानेन्द्रलाई चेतावनी दिएका छन्। 

उनी लेख्छन्, ‘ज्ञानेन्द्र प्राकृतिक राजा थिएनन्, दाजुको परिवार सखाप पारेपछि राजा घोषित भएका थिए। जति चुरीफुरी गर्छन्, त्यति दरबार हत्याकाण्ड उत्खनन हुन्छ। व्यापारी हुन्, अरूमा ध्यान नदिएकै राम्रो।’

राजतन्त्र पुनःस्थापनाको सपना देख्नु वीरेन्द्र आर्यघाटबाट फर्किनुजत्तिकै असम्भव भएको दाबी पनि एमाले नेता रिजालले गरेका छन्। 

उनले लेखेका छन्, ‘राजतन्त्र पुनर्स्थापना हुन्छ भन्नु आर्यघाटबाट वीरेन्द्र फर्केर आउँछन् भन्नुजस्तै हो।’

२०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो। उनको परिवारका सदस्यजति सबै मारिएका थिए भने पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस शाहलगायत उनीतर्फका सदस्य भने सकुशल रहन सफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad