ad ad

राजनीति


सुदूरपश्चिममा मतगणना सुरु

सुदूरपश्चिममा मतगणना सुरु

नेपालखबर
माघ ११, २०८० बिहिबार १६:३४, कञ्चनपुर

सुदूरपश्चिममा तीन सीटका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावको मतगणना सुरु भएको छ। बेलुकी ५ बजेसम्म मतगणना सक्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।

मतगणना सकिए लगत्तै अन्तिम मतपरिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा दुई जनाले राष्ट्रिय सभा चुनावमा मतदान गरेनन्। स्वतन्त्रबाट कैलालीको धनगढी उपमहानगरपालिकामा जितेका नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर नागरिक उन्मुक्तिकी राजु तिरुवाले मतदान नगरेका हुन।

तिरुवाले बिरामी रहेको हुँदा मतदानमा सहभागी हुन नसकेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाका मेयर हमालले भने यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ प्रदेश सांसद मतदाता छन्। ती सबैले मतदानमा गरेका हुन्।

यस्तै, ८८ स्थानीय तहका १७६ प्रमुख र उपप्रमुखमध्ये १७५ मात्रै मतदाता थिए। तीमध्ये २ जना बाहेक अन्य सम्पूर्णले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छन्।

एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .