ad ad

राजनीति


सांसद स्वर्णिम वाग्लेले किन गरे सेनाको प्रशंसा?

सांसद स्वर्णिम वाग्लेले किन गरे सेनाको प्रशंसा?

नेपालखबर
माघ ८, २०८० सोमबार १८:३, काठमाडौँ

नेपाली सेनाको आकार घटाउनुपर्ने भन्दा आलोचना बेहोरेका रास्वपा सभापति स्वर्णिम वाग्लेले सोमबार भने अनायासै सेनाको प्रशंसा गरेका छन्।

उनले नेपालका बाँकी रहेका बलिया संस्थाहरू भन्दै सबैभन्दा पहिला नेपाली सेनाको नाम उच्चारण गरेका छन्।

रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा विवादित बनिरहँदा प्रस्टीकरणका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले नेपालका सबल संस्थाहरूमा नेपाली सेना, लोक सेवा आयोग र नेपाल राष्ट्र बैंकको नाम लिएका हुन्।

राष्ट्र बैंक ऐनद्वारा नियमित रहेको स्वायत्त संस्था भएकाले उसको नियमन प्रभावकारी रहेको उनको भनाइ थियो। तर यस्ता संस्थालाई पनि राजनीतिकरण गरेर गभर्नर फेर्नेजस्ता विकृत प्रयास पुराना दल र तिनका सरकारहरुले गरेको उनको आरोप थियो।

सहकारी क्षेत्र पनि बलियो र स्वायत्त संस्थाबाट नियमन हुनुपर्ने तर्क राख्ने क्रममा उनले यो प्रसंग उठाएका हुन्।

वाग्लेले गत असार ५ मा प्रतिनिधि सभाको बैठकमा सुरक्षा फौज र कर्मचारीतन्त्रका विषयमा राजनीतिक सहमति नै गरेर अप्रिय नै सही एउटा ठूलै कदम चालेनौं भने हामी दुर्घटनाउन्मुख रहेको बताएका थिए।

श्रीलंकामा एक तिहाइले सेनाको संख्या घटाएको उदाहरण दिँदै नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए। 

त्यसपछि यसको पक्ष र विपक्षमा निकै धेरै तर्क–वितर्क भएका थिए।

सैनिक मुख्यालयले समेत प्रतिवादमा कडा भाषामा विज्ञप्ति सार्वजनिक गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .