राष्ट्रिय प्रजातन्त्र पार्टीले थाल्ने भनिएको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सञ्चालन गर्ने बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेका हुन्।
शाहीलाई आन्दोलन मूल समितिका संयोजक लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।
282
Shares
प्रतिक्रिया