ad ad

राजनीति


कांग्रेसको अवरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित

कांग्रेसको अवरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ८:२२,

नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधसभाको बैठक स्थगित भएको छ।

शुक्रबार बसेको बैठकको सुरुमै बालुवाटारमा रहेको ललितानिवासको जग्गा अनियमितता प्रकरणमा कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका हुन्।

सभामुख सापकोटाले पटक पटक बसेर नियमित प्रक्रियामा छलफल गर्न भने पनि कांग्रेस सांसदहरु तयार नभएपछि बैठक आधा घण्टा स्थगित गरेका हुन्।

संसद सुरु भए लगत्तैपछि कांग्रेसका सबै सांसद उठेका थिए। त्यसपछि कांग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए।

संसद विश्वकर्माले बोलेलगत्तै कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .