राजनीति


सीमाको विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने कांग्रेसको अडान

सीमाको विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने कांग्रेसको अडान

नेपालखबर
साउन १२, २०८३ मंगलबार १७:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेकी छन्।

मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताएकी हुन्। प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसदमा उक्त विषय उठाइएको बताइन्।

यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता सभामुखमार्फत जनाएको समेत उनले जानकारी दिइन्। उनले प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तरकै रूपमा नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दा सीमाको विषयलाई समेटेर जनतालाई स्पष्ट पार्न सक्ने सुझाव दिइन्। 

नेत्री थापाले भनिन्, ‘जनताले सीमा विवादका बारेमा प्रधानमन्त्रीको मुखबाट जवाफ खोजिरहनुभएको छ। त्यो जवाफ नपाएसम्म हामीले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहनुपरेको हो। आम जनता प्रधानमन्त्रीको सम्बोधन र सन्देशको प्रतिक्षामा छन्, तर अहिलेसम्म उहाँले यसबारे सम्बोधन गर्नुभएको छैन।’

नेपाली कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले पार्टी सधैँ संविधान र विधिको शासनमा अडिग रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad