भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग बिहीबार नयाँदिल्लीमा भेटघाट गरेका छन्।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे मित्रतापूर्ण रुपमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
यसअघि भारतको गुप्तचर निकाय रको प्रमुख रहेका दोभल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त विश्वासपात्र मानिन्छन्। रको प्रमुखबाट अवकास पाएपछि मोदीले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन्।
3
Shares
प्रतिक्रिया