राजनीति


एकीकृत समाजवादीले मन्त्रीहरूको रिपोर्ट कार्ड माग्ने

राष्ट्रिय सभामा गठबन्धनलाई जिताउन आह्वान गर्ने
एकीकृत समाजवादीले मन्त्रीहरूको रिपोर्ट कार्ड माग्ने

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १, २०८० सोमबार १९:१३, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरूको कामको मूल्यांकन गर्ने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठक मन्त्रीहरूको रिपोर्ट कार्ड मागेर उनीहरूको कामको मूल्यांकन गर्ने निर्णय भएको जानकारी दिएका छन्। 

एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषिमन्त्री र प्रकाश ज्वाला भौतिक योजना तथा पूर्वाधार मन्त्री छन्। उनीहरूमध्ये भुसाल पार्टी उपाध्यक्ष र ज्वाला उपमहासचिव छन्। 

त्यसैगरी राष्ट्रिय सभाकी सदस्य रहेकी नन्दा चापागाईं भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री रहेकी छन्। 

खतिवडाका अनुसार उनीहरूको रिपोर्ट कार्ड आइसकेपछि माघ ११ गतेपछि हुने मन्त्रिपरिषद् सदस्य हेरफेरबारे उचित निर्णय लिइनेछ।

यसैगरी बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदारलाई जिताउन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय पनि गरेको खतिवडाले बताए।

समाजवादीले यसअघि भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका र अन्य देशसँगका सम्झौताबारे सरकारसँग जानकारी लिने पनि निर्णय गरेको छ।

त्यस्तै माघ ८ गते बिहान ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न बनेको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय पनि भएको खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .