ad ad

राजनीति


आफ्ना १९ उम्मेदवारको सूची सार्वजनिक गर्दै गठबन्धनले भन्यो- हामीलाई जिताउनुहोला

आफ्ना १९ उम्मेदवारको सूची सार्वजनिक गर्दै गठबन्धनले भन्यो- हामीलाई जिताउनुहोला

नेपालखबर
पुस २९, २०८० आइतबार ११:५२, काठमाडौँ

सत्ता गठबन्धनका दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन मतदातासँग अपिल गरेका छन्।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटर) मा बसेको गठबन्धन बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निर्णय गरेको हो। 

गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन्। यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो।’ 

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आफ्ना साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्। 

अपिलमा उनीहरूले भनेका छन्, ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ। देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो। देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वसर्त हो। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौँ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौँ।’ 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ जना उम्मेदवार छन्।

हेर्नुहोस् सूची– 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .