ad ad

राजनीति


भारतीय दूतावासले सिधै २० करोड खर्च दिने सम्झौता राष्ट्रघात : महेश बर्ताैला

भारतीय दूतावासले सिधै २० करोड खर्च दिने सम्झौता राष्ट्रघात : महेश बर्ताैला

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार १३:३०, काठमाडौँ

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन्।

बुधवार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको पनि उनले दाबी गरे। 

'भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरू पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ। कतिपय कमजोरीबीचमा भएका भए पनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो। कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ?', उनले प्रधानमन्त्रीलाई सोधे, 'नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो रु नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले राष्ट्रघात भएको छ। स्वाभिमानको जरा काट्ने काम भएको छ।'

यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको उनले बताए। उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .