ad ad

राजनीति


बाबुरामको प्रश्नः कसैले चोर्‍याे, म फिर्ता गर्छु भनेर छाड्न हुन्छ? (भिडियाे)

बाबुरामको प्रश्नः कसैले चोर्‍याे, म फिर्ता गर्छु भनेर छाड्न हुन्छ? (भिडियाे)

नेपालखबर
माघ २३, २०७६ बिहिबार १०:९,

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले अख्तियारको छानबिन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे। जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाईएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’ भनी प्रश्न गरे।

उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण छ। कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन्। उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन्। हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बदमासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने। यस्तो नियम कानुनको पनि समस्या छ। ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ?’

 

त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिक पुर्वाग्रहयुक्त अख्तियारको कदम विरुद्ध जनता समक्ष जानुको साथै कानूनी रुपमा पनि अघि बढ्ने बताए। मन्त्रिपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुने भएकाले विभागीय मन्त्री मात्रै ती निर्णयको जवाफदेही नभई प्रधानमन्त्री स्वयम् हुने भन्दै उनले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागीय मन्त्रीलाई मात्रै मुद्दा दर्ता गर्नुले राजनीतिक पुर्वाग्रह देखिएको बताए।

उनले भने, ‘मन्त्रिपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुन्छन्। प्रधानमन्त्रीलाई उन्मुक्ति दिईएको छ। तर मन्त्रीलाई मुद्दा चलाईएको छ। जमिन प्राप्त गरेकालाई उनले जग्गा फिर्ता गरे त्यसकारण उनलाई मुद्दा लगाईएन भनेको छ। त्यसकारण पुर्वाग्रहयुत्त छ भन्ने ठहर छ। यसविरुद्ध जनता समक्ष जान्छौँ। कानुनी रुपमा पनि जान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .