साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मापन गर्ने नेप्से सूचक ८.६७ अंकले घटेर १३३३.६९ विन्दुमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.८७ अंकले घटेको छ।
आज बजारमा कुल १ सय ७५ कम्पनीको २८ लाख कित्ता सेयर बिक्री भएका छन्। बजार खुलेयता १३ हजार १ सय ३७ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। आजको खरिदबिक्रीपछि सेयरबजारमा १ अर्ब ४ करोडको कारोबार भएको छ। आज उत्पादन, जीवन बीमाबाहेक बाँकी सबै समूहको कारोबार सूचक ओरालो लागेका छन्।
धेरै सेयर कारोबार आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले ४ करोड ५८ लाखको कारोबार गरेको हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाखको, प्रभु बैंकको ३ करोड ३३ लाखको, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २९ लाखको र एनआईसी एसिया बैंकको ३ करोड २१ लाखको सेयर कारोबार भएको छ।
आज धेरै कमाउनेमा भने ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। बैंकको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले १२ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै सेयर बढेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९७ प्रतिशतले, प्रोग्रेसिभ फाइनान्स लिमिटेडको ४.६७ प्रतिशतले सेयर मूल्य बढेको छ।
गुमाउनेमा नेपाल फाइनान्स लिमिटेड अगाडि छ। ९.५५ प्रतिशतले सेयर घट्दा लगानीकर्तालाई १५ रुपैयाँ प्रतिकित्ता घाटा भएको छ। यस्तै, ज्योति विकास बैंकको ४.०२ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ३.८४ प्रतिशतले सेयर ओरालो लागेको छ।
प्रतिक्रिया