ad ad

समाज


बरहथवा घटना : मृतकका परिवारलाई १० लाख दिइने, छानबिन गर्न समिति

बरहथवा घटना : मृतकका परिवारलाई १० लाख दिइने, छानबिन गर्न समिति

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८० शनिबार १६:४२, काठमाडौँ

सर्लाहीको बरहथवा–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएका जयशंकर साहका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिने भएको छ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राहतस्वरूप १० लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिएको हो।

यस्तै उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन्। समितिले घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्रीबाट निर्देशन भएको विज्ञप्तिको उल्लेख छ।

मन्त्रालयले उक्त घटनालाई अप्रत्याशित भन्दै दुःख पनि प्रकट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .