नेकपा एमालेले प्रदेश कमिटी अध्यक्षबाट बाहिरिएका ५ नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले बताए।
उनका अनुसार, कोशीबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिबाट दामोदर भण्डारी र मधेश प्रदेशको अध्यक्षबाट बाहिरिएका रामअवतार यादव केन्द्रीय सदस्य बनेका हुन्।
उनीहरू पाँचैजना यसअघि एमाले प्रदेश कमिटी अध्यक्ष थिए। केही महिनाअघि भएको प्रदेश कमिटी अधिवेशनबाट पाँचै जनाले नयाँ कमिटीलाई जिम्मेवारी हस्तान्तरण गरिसकेका छन्।
उता एमाले झापा जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य बनाइएको छ। पोखरेलले उनलाई पार्टीमा लामो समय योगदान गरेको मूल्यांकन गरेर केन्द्रीय सदस्य बनाइएको बताए।
Shares
प्रतिक्रिया