प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ।
गजुरेलले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले एक महिनापछि स्वीकृत गरेका हुन्।
गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए।
उनले राजीनामा दिएको जानकारी मंसिर २४ गते सार्वजनिक भएको थियो। गम्भीर मतभेदपछि आफूले राजीनामा दिएको कुरा उनले खुलाइसकेका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्रीले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।
गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ लेखनाथ दाहाल 'राजन'लाई टिकट दिइएको थियो।
त्यसपछि उनी असन्तुष्ट थिए। असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत हुन झन्डै एक महिना लागेको छ।
Shares
प्रतिक्रिया