सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा निर्वाचनमा प्रतिपक्ष एमालेलाई पनि समेट्ने विषयमा छलफल भइरहँदा सत्तामै रहेको दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने कटाक्ष गरेका छन्।
नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत खासगरी नेकपा माओवादी केन्द्र तथा प्रधानमन्त्रीसमेत रहेका यसका अध्यक्ष प्रचण्डविरुद्ध व्यंग्य गरेका हुन्।
नेता कोइरालाले संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास गराउन र ‘विभिन्न काण्डबाट बच्न’ एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिन खोजिएको टिप्पणी गरेका छन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, नेता कोइरालाले ट्विट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’
Shares
प्रतिक्रिया