ad ad

राजनीति


माधव नेपालको आत्मसमीक्षा : हाम्रो पार्टी पहिलो छैन तर १० सिट जित्नु चानचुने कुरा होइन

माधव नेपालको आत्मसमीक्षा : हाम्रो पार्टी पहिलो छैन तर १० सिट जित्नु चानचुने कुरा होइन

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १३:५८, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७९ को चुनावमा १० सिट जित्नु चानचुने कुरा नभएको बताएका छन्। 

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट गरेको विद्रोह चुनावले सही सावित गरिसकेको पनि बताए। 

‘अहिले हाम्रो पार्टी पहिलो नम्बरमा छैन। कमजोर पनि छैन। प्रत्यक्षमा १० सिट जित्नु सानो कुरा होइन’, उनले भने, ‘सातै प्रदेशमा हाम्रो उपस्थिति छ, ७७ वटै जिल्लामा पार्टी कमिटी छ। पार्टी कहिले सानो हुन्छ, कहिले ठूलो यो क्रम चलिरहन्छ।’

उनले समयमा यस्ता कुरामा सचेत नभए अझै नोक्सानी हुने पनि बताए। ‘समयमा यस्ता कुरामा सचेत हुन सके नोक्सानी कम हुन्छ। विगतमा भएका कमजोरीको समीक्षा गरौँ’, उनले भने, ‘हाम्रासामु जनताले धेरै आशा गरेर बसेका छन्। अब जनतामाझ जाऊँ। पदका लागि मारामार गर्ने तर जिम्मेवारी पूरा नगर्ने समस्या छ। कमिटी बैठकमै उपस्थित नहुने अनि निर्णय पनि कार्यान्वयन नगर्ने पनि देखियो।’ 

उनले पार्टीभित्र हिम्मतिला र निराशा पैदा गर्ने दुवैखालका मान्छे रहेको बताए। ‘पार्टीभित्र हिम्मत नभएका पनि छन्। निराशा पैदा गर्ने पनि छन्। केहीले पार लाग्दैन भन्दै थिए’, उनले भने, ‘बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै उस्तै भन्दै थिए केही मान्छे। तर हामी अघि बढेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .