ad ad

राजनीति


मा‌ओवादी पदाधिकारी बैठकमा हरिबोलको राजीनामाबारे कुरा भएन

मा‌ओवादी पदाधिकारी बैठकमा हरिबोलको राजीनामाबारे कुरा भएन

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १७:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामाबारे छलफल भएन।

बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सल्लाहकारबाट राजीनामा दिएकोबारे कुनै छलफल नभएको बताएका छन्। 

यद्यपि यसअघि नै माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गजुरेलको राजीनामाबारे बैठकमा जानकारी गराउने बताएका थिए। 

प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा गजुरेलले पदबाट राजीनामा दिएको विषयमा कुनै छलफल नभएको खुलाएका हुन्। 

पदाधिकारीको अघिल्लो बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहालले जानकारी गराउनुने बताए पनि त्यसबारे कुरा नभएको सापकोटाले उल्लेख गरे। 

गजुरेलले गत मंसिर २४ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए। 

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।

राजीनामापछि यो सरकार सफल हुने वातावरण आफूले नदेखेको गजुरेलले बताएका थिए। प्रधानमन्त्रीले आफ्नो सल्लाह कार्यान्वयन गर्ने अवस्था पनि नदेखेको गजुरेलले बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .