ad ad

राजनीति


जनताको चाहना भए संसद्‍बाट फिर्ता भएर आन्दोलन गर्छौँ : राजेन्द्र लिङ्देन

जनताको चाहना भए संसद्‍बाट फिर्ता भएर आन्दोलन गर्छौँ : राजेन्द्र लिङ्देन

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:१५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसद्‌बाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। पार्टीको केन्द्रिय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

तत्काल प्रदेशमा रहेका सदस्यहरू फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभइ प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए। उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान समेत गरे। समान धारा भएकाहरु मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङदेनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरुमा समेत संविधानसँग सहकार्य गरिरहेको छ। अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरु फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ,’ उनले भने, ‘राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान गरेको छ। समान विचार राख्ने शक्ति र संघसंस्थालाई आफ्नो आफ्नो ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आह्वान गर्दछु। समान धारा भएकाहरुलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौँ।’

अध्यक्ष लिङदेनले सरकारको एक वर्षे कार्यकाल सुखद् नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गिण हिसावले अधोगतितर्फ गएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .