राजनीति


यी तीन एजेन्डामा छलफल गर्दैछ कांग्रेसको शेखर समूह

यी तीन एजेन्डामा छलफल गर्दैछ कांग्रेसको शेखर समूह

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
मंसिर २७, २०८० बुधबार १४:५४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको छ।

बैठकमा चौधौँ महाधिवेशनमा शेखर समूहबाट चुनाव लडेका अधिकांश नेताहरू सहभागी छन्। असन्तुष्ट भनिएका महामन्त्री गगन थापा पनि बैठकमा उपस्थित छन्।

बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका उपसभापति धनराज गुरुङले बैठकमा शुक्रबार बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने बताएका छन्। 

उक्त बैठकका लागि यो यो भेलाले आफ्नो समूहको एजेन्डाबारे छलफल गर्ने उनले बताए। 

त्यसैगरी गुरुङका अनुसार यही पुस १६ देखि हुने भनिएको महासमितिको बैठक पनि सार्न नहुने धारणा बनाउने छ। 

माघ ११ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्ष कसरी अघि बढ्ने भन्ने रणनीति पनि बैठकले तय गर्ने गुरुङले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .