ad ad

राजनीति


‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रचण्डलाई जन्म दिनको शुभकामना!

‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रचण्डलाई जन्म दिनको शुभकामना!

नेपालखबर
मंसिर २७, २०८० बुधबार ७:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन्। 

मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको मेची महाकाली संकल्प यात्राको क्रममा मंगलबार साँझ खोटाङको दिक्तेल पुगेका ओलीले गएराति प्रचण्डलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्। 

ओलीले प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। प्रधानमन्त्री प्रचण्डको हिजो (मंगलबार) जन्म दिन हो। २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड हिजोबाट ६९ वर्ष लागेका छन्। 

‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .