ad ad

राजनीति


एमालेको अभियानबाट कसैले चित्त दुखाउनपर्ने आवश्यक्ता छैन : ओली

एमालेको अभियानबाट कसैले चित्त दुखाउनपर्ने आवश्यक्ता छैन : ओली

नेपालखबर
मंसिर २६, २०८० मंगलबार २०:४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताएका छन्।

देश र जनताको हितका लागि विकासको अभियानलाई तिव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो।

मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गरे। 

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिसन–२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहो¥याए।

वास्तवमा देश जाग्न प¥यो। तपाईंहामी जाग्न प¥यो। जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ त्यसका निम्ति। यो कसैकोविरुद्ध होइन । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो,’ उनले भने, ‘त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यक्ता छैन। यहाँहरूको सजगता हामीले यहाँ आइपुग्दा जुन पायौँ। म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु। राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु।’

अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .