ad ad

राजनीति


एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ छ : उपेन्द्र यादव

एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ छ : उपेन्द्र यादव

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:५०, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका हुन्। 

उनले विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आएपनि त्यसप्रति कसैको चासो नभएको भन्दै उनले यस प्रकरणमा आवश्यक छानविन गर्नुपर्ने पनि बताए। 

उनले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताउँदै उनले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताए।

‘एकपटक सुनिएको थियो एनसेलको अरबौँको कर मिनाहा गर्‍यो सरकारले। त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडी बढेन। एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक–पटक। देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ। मैले आफुले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन जुन अहिलेको अवस्थामा म देख्दैछु,’ यादवले भने।

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरू गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताए। 

यस्ता कामहरुमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गर्दै उनले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .