खेल


एनएसएल : झापा र वीरगञ्जको पहिलो हाफ बराबरी

एनएसएल : झापा र वीरगञ्जको पहिलो हाफ बराबरी

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:५४, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो हाफमा बराबरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफमा वीरगञ्ज र झापाले गोलरहित बराबरी खेलेका हुन्। 

खेलको १२औँ मिनेटमा समान्दार ओचिलोभको प्रहार सेकेण्डबारमा लाग्दै बाहिरिदा झापाले अग्रता बनाउने मौका गुमायो। 

२५औँ मिनेटमा झापाका जर्ज सान्चेजको प्रहार सिधै वीरगञ्जका गोलरक्षक दिप कार्कीको हातमा पुग्यो। 

३२औँ मिनेटमा लक्ष्मण रुचालको शसक्त प्रहार वीरगञ्जका गोलरक्षक दिपले पन्च गर्दै जोगाए। ४३औँ मिनेटमा जर्ज सान्चेजको प्रहार वीरगञ्जका गोलरक्षक दिपले पन्च गर्दै बचाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .