ad ad

राजनीति


संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक

संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १५:४५, काठमाडौँ

नेपाली कांसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताए।

उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताए। उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए।

उनले भने, ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन। हामी त्यसमै गइरहेका छाैँ। कमी कमजोरीहरु छन्। केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ। नेपाली कांग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ।’

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै कांग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताए।

उनले भने, ‘बहुदलीय व्यवस्थाका भित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन्। तर असन्तुष्टि संविधानकै बिरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .