नेपाली कांग्रेसले कोरोना भाइरस प्रभावित चीनको वुहानका विद्यार्थीलाई तत्काल उद्दार गर्न माग गरेको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्विट गरी चीनबाट नेपाली विद्यार्थीलाई उद्दार गर्न ढिलाई भइरहेकोप्रति असन्तुष्टि जनाएका छन्।
उनले ट्विटरमा ‘चीनले जस्तै दुई दिनमा अस्पताल बनाउन नसकेपनि अस्थायी शिविर त बनाउन किन ढिलाइ ?’ भन्दै सरकारलाई व्यंग्यसमेत गरेका छन्।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 2, 2020वुहानका नेपाली जहाज होइन `सरकार´ कुरिरहेका छन् l सम्माननिय @PM_Nepal अब ढिलाइ नगरौं l तिनको जीवन र परिवारको मानसिक पीडाप्रती गम्भीर बनौं !
चिनलेझैं हामी दुइदिनमा अस्पताल बनाउन नसकौंला,तर अस्थायी शिविर बनाउन किन ढिलाइ ? युद्धस्तरमा प्रबन्ध गरौं / तत्काल उद्दार गरौं ! pic.twitter.com/bWEnaAjK4k

प्रतिक्रिया