प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले शिष्टाचार भेट गरेकी छन्।
भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसन उपस्थित थिए।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
45
Shares
प्रतिक्रिया