राजनीति


सरकार समाप्तिको बाटोमा, देशलाई असफल बनाउन खोजिँदैछ : ओली

सरकार समाप्तिको बाटोमा, देशलाई असफल बनाउन खोजिँदैछ : ओली

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १०:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार समाप्तिको बाटोमा लागेको बताएका छन्।

नेकपा एमालेको मध्यपहाडी यात्रा कार्यक्रमअन्तर्गत बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले केही देशी-विदेशी तत्व मुलुकमा अशान्ति मच्चाउन लागेका पनि बताएका छन्।

‘यस देशलाई असफल बनाउने काम हुँदैछ, सरकार पनि चल्न नसक्ने, विकास पनि नहुने, अर्थतन्त्र पनि चल्न नसक्ने कर्मचारी पनि पाल्न नसक्ने अवस्था ल्याएर कोल्याप्स गर्न खोजिँदैछ’, उनले भने, ‘देशभित्र र बाहिरका नेपालमा अशान्ति मच्चाउन चाहने सु-व्यवस्था काम हुन दिएका छैनन्। लोकतान्त्रिक प्रणाली लडेर ल्याएका हौँ त्यसलाई स्थापित गर्नु छ विकास अघि बढाउनु छ।’

उनले गठबन्धन सरकारका कारण छिमेकीसँगको सम्बन्ध पनि बिग्रिएको बताए। ‘अहिलेका शासकहरूले छिमेकीसँग ठाडो शिर पनि लगाएर बोल्न सक्ने अवस्था छैन’, उनले भने, ‘हामीले यी सबै कुरालाई ट्रयाकमा ल्याउनु छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .