ad ad

राजनीति


‘हर्टअट्याक’अघि नै गृहमन्त्री श्रेष्ठको शल्यक्रिया

‘हर्टअट्याक’अघि नै गृहमन्त्री श्रेष्ठको शल्यक्रिया

गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
मंसिर २०, २०८० बुधबार १०:१८, काठमाडौँ

मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अरु केही दिन अस्पतालमै बस्ने भएका छन्।

गृहमन्त्री श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने राय उपचारमा संलग्न चिकित्सकले दिएका उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान अस्पतालमै पुगेर गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन्।

त्यसक्रममा प्रधानमन्त्री र गृहमन्त्रीबीच सामान्य कुराकानी भएको छ। 

प्रधामन्त्रीले भेटेपछि डाक्टरको सल्लाह अनुसार अहिले भेटघाट बन्द गरिएको गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। 

गएराति १२ बजे गृहमन्त्री श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ। 

मुटुमा समस्या देखिएपछि गएराति साढे ११ बजे श्रेष्ठलाई अस्पताल भर्ना गरिएको हो। 

गृहमन्त्रीको सचिवालयका अनुसार उनको मुटुमा राति ९ बजेदेखि सामान्य दुखाइ सुरु भएको थियो। त्यसलगत्तै उनका निजि चिकित्सक डा. सुरज बज्राचार्यले सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाक्टर अरुण मास्केसँग सल्लाह गरेका थिए। त्यस लगत्तै उनलाई अस्पताल लगिएको हो।

हटअट्याकको अवस्था आउनुभन्दा पहिला नै उनको उपचार भएको डा.बज्राचार्यले बताए। उनको मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरेर धमनी खुलाइएको छ।

डा.अरुण मास्केसहितको चिकित्सक टोलीले गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरेको हो। उनको अवस्था हाल सामान्य रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .