ad ad

समाज


अब यी आमा न्यायको ढोकामा गएर रुने छैनन् : प्रकाश सपुत

अब यी आमा न्यायको ढोकामा गएर रुने छैनन् : प्रकाश सपुत

नेपालखबर
मंसिर २०, २०८० बुधबार १०:२०, काठमाडौँ

दलित भएर गैरदलित केटीसँग प्रेम विवाह गर्न खोजेको भन्दै जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गर्ने २४ जनाविरुद्ध जन्मकैदको फैसला सुनाएपछि न्यायालयप्रति दलित समुदायको विश्वास बढेको छ। 

राज्यको पिँधमा रहेका पहुँचविहीन दलितहरू जातीय छुवाछूतका आधारमा भएको नरसंहारविद्धको मुद्दामा मंगलबार रुकुम जिल्ला अदालतले गरेको युगान्तकारी फैसलाले खुसी भएका छन्।

यसै क्रममा जातीय विभेदविरुद्ध बेलाबेला गीति भिडिओ सार्वजनिक गर्ने गायक तथा अभिनेता प्रकाश सपुतले न्याय शक्तिशाली रहेको प्रतिक्रिया दिएका छन्।     

धन्य! न्याय शक्तिशाली रहेछ र अझै शक्तिशाली रहेछ यी आमाहरूको प्रेम र आत्मविश्वास’, घटनामा मारिएकाहरूका आमाहरूसँग भेट गरेको तस्बिरसहित सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय नवराज! साथीहरूलाई भनिदिनू– अब आमाहरू न्यायको ढोकामा गएर क्रोधले रुने छैनन्। घरमै ढोका थुनेर प्रेमले रुनेछन्। अब उप्रान्त यसरी आफ्ना सन्तान गुमाएर कुनै आमाहरू रुनपर्ने  छैन भन्ने विश्वासमा रुनेछन्। आमा हुन्, रुने नै छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .