राजनीति


भूकम्पपीडित भेट्न जाजरकोट र रुकुमपश्चिम पुग्दै ओली

भूकम्पपीडित भेट्न जाजरकोट र रुकुमपश्चिम पुग्दै ओली

एमाले अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १२:५१, काठमाडौँ

गत कात्तिक १७ गते रातिको भूकम्पबाट प्रभावित भएका जाजरकोटबासीलाई भेट्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मंगलबार जाजरकोट पुग्दैछन्।

जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पबाट आफन्त र घरबार गुमाएका पीडितहरूलाई भेट्न त्यसतर्फ लागेका हुन्।

यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन ओली नेतृत्वको टोलीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले बताए।

आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्पपीडितहरुसँग अन्तरक्रिया गर्ने छन्।

भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएका स्वयम्सेवक टोलीको कामबारेमा पनि उनले जानकारी लिने भएका छन्।

त्यस्तै पुनःनिर्माणबारे सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपरान्ह भेरी नगरपालिका-१ रिम्नामा तय गरिएको छ। 

एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ। 

उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए। ९४ जना गम्भीर घाइते भएका थिए। 

९ हजार ७ सय ९४ घर पुर्णक्षती गरेको भुकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन्। 

सल्यानको सल्ली बजार भएर जाजरकोट प्रवेश गर्ने एमाले अध्यक्ष नेतृत्वको टोलीको स्वागतका लागि सल्यान, जाजरकोट र रुकुमपश्चिम जाने भेरी कोरिडोरका विभिन्न स्थानमा स्वागत गेट, पार्टीका झण्डा, तुल र व्यानर राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .