राजनीति


प्रधानमन्त्रीको स्पष्टीकरण : यात्रु छुट्छन् भन्ने थाहा पाएको भए विमान छिटो ल्याउन दिँदैनथेँ

प्रधानमन्त्रीको स्पष्टीकरण : यात्रु छुट्छन् भन्ने थाहा पाएको भए विमान छिटो ल्याउन दिँदैनथेँ

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर १७, २०८० आइतबार १९:२२, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफ्नो यात्राका क्रममा छुटेका नेपाल एयरलाइन्सका यात्रुहरूको बारेमा दुबइ पुगेपछि मात्रै जानकारी भएको स्पष्टीकरण दिएका छन्। 

यूएईको पाँचदिने भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यात्रु छुटेको थाहा पाएको भए कुरेरै लैजाने पनि बताए। 

‘यदी मलाई २ घन्टा अगाडि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो ल्याउन दिँदैनथेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई घन्टा अघि ल्याउनपर्ने भन्ने मेरो मनसाय पनि थिएन। मैले क्यानले कसरी मिलायो भन्ने मात्रै बुझेँ।’

उनले आफूलाई सो बारे यूएई पुगेपछि मात्रै थाहा भएको बताए। ‘मैले उहाँ पुगेपछि मात्रै थाहा भयो कि मेरो कारणले ३१ जना यात्रुहरू छुट्नुभयो। मैले उहाँ साथीहरूलाई पनि त्यही कुरा भनेको थिएँ,’ उनले भने।

कोप–२८ मा सहभागी भएर आइतबार साँझ काठमाडौँ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .