खेल


एनएसएल : इलाम पेनाल्टीमा चुक्दा बुटवलको पहिलो जित

एनएसएल : इलाम पेनाल्टीमा चुक्दा बुटवलको पहिलो जित

नेपालखबर
मंसिर १७, २०८० आइतबार १९:३२, काठमाडौँ

एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को आफ्नो तेस्रो खेलमा आएर पहिलो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले पराजित गर्दै बुटवलले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो। 

इलामलाई हराएको बुटवलले जितसँगै अंक तालिकामा अंकको खाता खोलेको छ। यता खेलको ५९औँ मिनेटमा इलामका फोडे कामारा पेनाल्टीमा चुक्दा दोस्रो हार भोग्न बाध्य भयो। 

बुटवलको जितमा कप्तान एरिक विष्ट र स्टेफन समिर विनोङले समान एक गोल गरे। इलामका अब्दुलाय बा को गोल शान्त्वना बन्न पुग्यो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। 

खेलको ८८औँ मिनेटमा कप्तान एरिक विष्टको फ्रिकीक गोलमा बुटवलले अग्रता दोब्बर पार्यो। 

एरिकको फ्रिकीक प्रहार इलामका गोलरक्षक विकेश कुथुलाई लाग्दै पोष्टको गति लिएको थियो। 

खेलको ७८औँ मिनेटमा अब्दुलाय बा को गोलमा इलाम खेलमा फर्किएको थियो। सन्तोष खत्रीको लामो प्रहार गोलरक्षकले जोगाए पनि त्यसकै रिवाउण्डमा अब्दुलायले गोल लाईन नजिकबाट बललाई पोष्टको जाली चुमाए। 

त्यसअघि खेलको ४९ औं मिनेटमा स्टेफन समिर विनोङको गोलमा बुटवलले सुरुआती अग्रता बनाएको थियो। 

जिलेस्पी जगं कार्कीले तिन डिफेन्डरलाई विट गर्दै दिएको सुन्दर क्रसमा स्टेफनको सशक्त प्रहार इलामका गोलरक्षक विकेश कुथुले जोगाउनै कुनै मौका पाएनन्। 

५९औँ मिनेटमा फोडे कामाराको पेनाल्टी प्रहार विफल हुँदा इलामले बराबरी गर्ने सुन्दर मौका गुमायो। 

फोडे कामाराको प्रहार गोलरक्षक मोहमोडोउले बचाएपनि त्यसकै रिबाउण्डमा दिपेश घलेको प्रहार बुटवलका अर्नेस्ट ताम्पीको ह्याण्ड भएपछि इलामले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई इलामका कामाराको प्रहार गोलरक्षक मोहमडउले पन्च गदै जोगाए। 

७७औँ मिनेटमा इब्राहिम डिजेको लामो पासमा अब्दुलायको प्रहार गोलरक्षकले बचाउँदा इलामले बराबरीको मौका गुमायो।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इलामका फोडे कारामाको पासमा भरत खवासको प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। 

सातौँ मिनेटमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकीक इलामका गोलरक्षक तथा कप्तान विकेश कुथुले सहजै बताए। 

१२औँ मिनेटमा बुटवलका सरोज तामाङको फ्रिकीक गोलरक्षक विकेशले पन्च गर्दै जोगाए। ३९ औं मिनेटमा इलामका इब्राहिम डिजेटको फ्रिकीक पोष्टको माथिबाट बाहिरियो। 

लिगमा सोमबार झापा एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। 

एनएसलमा सोमबारदेखि साँझका खेल ५ बजे सुरु हुनेछ। शनिबारको खेल भने पुर्ववत तालिकामा नै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .