ad ad

राजनीति


आज लुम्बिनीबाट प्रदेश सम्मेलन सुरु गर्दै कांग्रेस

आज लुम्बिनीबाट प्रदेश सम्मेलन सुरु गर्दै कांग्रेस

नेपालखबर
मंसिर १६, २०८० शनिबार १०:४५, काठमाडौँ

देश प्रदेश संरचनामा गएयता नेपाली कांग्रेसले पहिलोपटक पार्टीको प्रदेश सम्मेलन गर्दै छ। 

कांग्रेसले आज लुम्बिनी प्रदेशबाट आफ्नो प्रदेशस्तरको सम्मेलन सुरु गर्न लागेको हो।  

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि दुई दिन चल्ने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। 

उद्घाटन समारोहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासहित कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर तथा सातै प्रदेशका पार्टी सभापतिले सम्बोधन गर्ने तयारी छ। 

सम्मेलनमा लुम्बिनी प्रदेशका ५२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ जना महाधिवेशन प्रतिनिधि, २६ वटा संघीय निर्वाचन क्षेत्रका पार्टी सभापति, १२ जिल्लाका सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका सदस्य तथा सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७५० जना सम्मेलनमा सहभागी हुने कांग्रेसको लुम्बिनी प्रदेश समितिले जनाएको छ।

उद्घाटन सत्रपछि सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने र समूहगत छलफलपछि पारित गर्ने तालिका छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .