राजनीति


भारतीय जनता पार्टी म्यानमारको नरसंंहार दोहोर्‍याउन चाहन्छः इमरान खान

भारतीय जनता पार्टी म्यानमारको नरसंंहार दोहोर्‍याउन चाहन्छः इमरान खान

नेपालखबर
माघ १९, २०७६ आइतबार ७:३०,

टर्कीको समाचार संस्था ‘अनादोलु’सँग दिएको अन्तर्वार्तामा खानले भाजपाले भारतमा रहेको मुसलमानलाई समाप्त पार्न चाहेको आरोप लगाए।

भारतले हालै ल्याएको नागरिकता सम्बन्धी कानुन पूर्णतया मुसलमान विरोधी भएको बताउँदै खानले त्यस कानुनबाट मुसलमान नागरिकता पाउनबाट बन्चित हुने बताए।

सन् २०१५ देखि २०१६ को अवधिमा ठूलो संख्यामा अल्पसंख्यक रोहिन्ज्या मुसलमानहरुले म्यानमार छाड्नु परेको थियो। बुद्धिष्ट समुदायबाट उत्पीडित रोहिन्ज्यामाथि प्रहरीले पनि ज्यादती गरेको रोहिन्ज्याहरुको आरोप छ।

Related image

भारतमा नागरिकता कानुनको विरोध

सो क्रममा यी मुसलमान समुदायको घरहरु जलाइएको थियो। रोहिन्ज्या समुदायका महिलामाथि बलात्कार भएको थियो। त्यसकारण १० लाखभन्दा बढी मुसलमान देश छाडेर बंगलादेश तथा अन्य मुलुक भाग्न बाध्य भएका थिए।

म्यानमार सरकारले उक्त उत्पीडनलाई नियन्त्रणमा लिन सकेको थिएन। विश्वले यस घटनालाई रोहिन्ज्या नरसंहारको प्रयासको रुपमा हेर्ने गरेको छ। संयुक्त राष्ट्रसंघले पनि सरकारबाटै रोहिन्ज्या पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

हाल भारतले ल्याएको नागरिकता कानुन र संविधानको धारा ३७० हटाउने कार्य म्यानमारको नरसंहार दोहोर्याउने प्रवृत्तिको भएको खानले आरोप लगाएका छन्।

Related image

कस्मिर स्वतन्त्रताको आन्दोलन

भारतले ल्याएको नागरिकता कानुनमा गैरमुस्लिम आप्रवासीलाई मात्र नागरिकता दिने उल्लेख छ। यसकारण भारतमा हाल मुसलमान समुदायले विरोध जनाइरहेका छन्।

उता धारा ३७० हटाएर भारतले जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाएको छ। मुस्लिम बालुक कस्मिरलाई केन्द्र शासित बनाउनुको उद्देश्य मुसलमानलाई घेरा हाल्ने कार्य भएको खानको बुझाई छ।

गतवर्षको अगष्ट ५ मा कस्मिरको विशेषाधिकार हटापछि खानले भारतको चर्को विरोध जनाइरहेका छन्। उनले बारम्बार राष्ट्रसंघमा यस विषयमा बहस हुनुपर्ने बताइरहेका छन्। बीबीसी

Image result for rohingyas fleeing

म्यानमारबाट भाग्दै रोहिन्ज्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad