राजनीति


अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जंगलमा

अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जंगलमा

नेपालखबर
माघ १८, २०७६ शनिबार १२:५५,

चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ।

घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जंगलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न सुरु गरेका थिए।

भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जंगलमा पुगेको हो। पशु चिकित्सकको टोली शुक्रबार बेलुका वडा नं १९ सैघाको जंगलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको छ।

पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार त्यहाँ रहेका भेडामा मुख पाक्ने, पखाला लाग्ने, झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ। भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेको छैन।

उनले भेडामा देखिएको समस्यालाई ल्याव परीक्षणपछि मात्र रोग पत्ता लाग्ने हुदाँ आफूहरुले नमूना सङ्कलन गरेर फर्किएको जानकारी दिए। पशु उपचारका लागि दाङमा ल्याव परीक्षणको व्यवस्था नभएको हुँदा आजै उक्त स्याम्पललाई सुर्खेत पठाउने र सोमबारसम्म वास्तविकता पत्ता लाग्ने उनले बताए।

सञ्चार र यातायात सुविधा नरहेको जङ्गलमा भेडा चराउन ल्याइएको हुँदा ढिलो मात्र खबर जिल्लासम्म आइपुगेको थियो। गत मंसिर १० गते रुकुमबाट हिँडेर पुस २९ गते पाँचपोखरीमा आइपुगेका भेडा गत सातादेखि मर्न थालेका थिए।

किसान प्रेमबहादुर पुन, धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुनका भेडा मरेका थिए। उनहरुले घरबाट आउँदा करीब ४०० बढी भेडाबाख्रा साथमा लिएर आएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad