ad ad

राजनीति


मन्त्रिपरिषद्को कार्यालय फेरि पुरानै भवनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

मन्त्रिपरिषद्को कार्यालय फेरि पुरानै भवनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ६, २०८० बुधबार १३:५१, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पुरानै भवनमा फर्काइएको छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मुख्य भवन पुन:निर्माण भएपछि मन्त्रिपरिषद्को कार्यालय पहिलेकै ठाउँमा ल्याइएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन:निर्माण गरिएको भवनमा बुधबार कार्यालय उद्घाटन गरेका छन्। 

‘सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएको छ। ठाउँ मात्रै सारिएको हैन, कामको प्रकृति पनि नयाँ ढंगको हुने छ’, प्रधानमन्त्री दाहालले भने, ‘पुरानो संरचनालाई जस्ताको त्यस्तै राखेर बनाइएको छ।’

बाल्कोनीसहितको फराकिलो ठाउँ भएकाले कामले गति लिने विश्वास पनि व्यक्त गरे। 

सहरी विकासमन्त्री सीता गुरुङले गर्छु भन्ने संकल्प भए काम गर्न सकिने बताइन्। 

‘केही समयअघि मुख्यमन्त्रीको सम्पर्क कार्यालय उद्घाटन गरेका छौं’, मन्त्री गुरुङले भनिन्, ‘सबैको सहयोग भए नयाँ संसद् भवन पनि छिट्टै निर्माण सम्पन्न गर्छाै‌ं।’

उनले पुनः निर्माण गर्दा पुराना संरचना भत्काउन नपाउने र पुरातत्त्व विभागको निर्देशिकाअनुसार  संचरना तयार गरिएको बताइन्।

प्रधानमन्त्रीको कार्यकक्षमा सातवटै प्रदेशका पहिचान वा संस्कृति झल्कनेगरी पेन्टिङ राखिएको जानकारी दिइन्। 

सिंहदरबार करिब १२० वर्ष पुरानो भवन हो। करिब ५१ करोड रुपैयाँमा भवनको पुनःनिर्माण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .