ad ad

राजनीति


प्रदेश २ ले छोरी शिक्षा बीमाको रकम ३ लाख पुर्‍यायो, २० लाखसम्म दिने लक्ष्य

प्रदेश २ ले छोरी शिक्षा बीमाको रकम ३ लाख पुर्‍यायो, २० लाखसम्म दिने लक्ष्य

शैलेन्द्र महतो
माघ १७, २०७६ शुक्रबार १०:३२,

प्रदेश २ सरकारले प्रदेशमा लागू गरेको छोरी शिक्षा बीमाको रकम तीन लाख पुर्‍याएको छ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत २० वर्षपछि प्रत्येक छोरीलाई ३ लाख रुपैयाँ बीमा रकम दिने घोषणा प्रदेश सरकारले गरेको हो।

प्रदेश २ मा २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बीमा अभियान चलाउँदै आएकोमा अबदेखि ३ लाख रुपैयाँ पु¥याइएको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गतेपछि जन्मिएकी छोरीहरु ३ लाख दिने घोषणा गरे।

मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै भने, ‘अहिले ३ लाख पु¥याएका छौँ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने हाम्रो लक्ष्य छ।’

छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म करिब १५ हजारको बीमा प्रदेश सरकारले गरिसकेको छ। बीमा गराइसकेका छोरीहरुले समेत यो सुविधा पाउने भएका छन्।

मुख्यमन्त्री राउतले अति विपन्न, दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफूहरुको योजना रहेको र यसै आर्थिक वर्षदेखि पाइलट प्रोजेक्टको रुपमा सुरु गरिने जानकारी गराए।

यस्तै प्रदेश २ को साविकको जनकपुर अञ्चल एवं वर्तमानको प्रदेशिक अस्पताल अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले सुरु गरिसकेको जानकारी मुख्यमन्त्री राउतले दिए।

शुक्रबार बिहान बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद बैठकले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .