ad ad

राजनीति


प्रदेश ५ मा ४८ विधेयक पारित

प्रदेश ५ मा ४८ विधेयक पारित

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १०:३५,

हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ। प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो।

प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक पारित गरेको थियो। कूल १७ दिन चलेको सभामा २२ बैठक बसेको थियो। बैठकको अवधि कूल २० घण्टा २ मिनेट थियो। दोस्रोले ११ र तेस्रो अधिवेशनले सबैभन्दा बढी २३ विधेयक पारित ग-यो।

प्रदेशसभाको चौथो अधिवेशनले १० विधेयक पारित गरेको छ । जम्मा ३१ दिनमा कूल ४९ घण्टा ४१ मिनेट बैठक बसेको थियो। त्यस अवधिमा ३२ पटक बैठक बस्यो। पाचौँ अधिवेशनमा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई सभामा पेश हुने क्रममा रहेको छ। अहिलेसम्म दुईपटक बैठक बसेको सभाको समयावधि ५३ मिनेट रहेको छ। ‘प्रदेशसभाको ‘विजनेश’ छ तर विधेयकको कमी छ’, प्रदेश नं ५ का प्रदेश सचिव दुर्लवकुमार पुनले भने।

उनले प्रदेशसभाबाट निर्माण भएका कानूनको मूल्याङ्कन र निगरानी गर्ने समय आएको उल्लेख गर्दै विधेयकको कार्यान्वयन के भइरहेको छ अध्ययन गर्न आवश्यक भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .