ad ad

राजनीति


सरकारलाई कोइरालाको आग्रह– टिकटक बन्द गर्ने निर्णय फिर्ता लिएर लोकतान्त्रिक बन

सरकारलाई कोइरालाको आग्रह– टिकटक बन्द गर्ने निर्णय फिर्ता लिएर लोकतान्त्रिक बन

नेपालखबर
कात्तिक २७, २०८० सोमबार २०:३, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले सोमबार गरेको टिकटक बन्द गर्ने निर्णय खेदजनक भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत् एक स्टाटस लेख्दै नेता कोइरालाले उक्त निर्णय तत्काल फिर्ता लिनका लागि पनि सरकारलाई आग्रह गरेका छन्। 

सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएसँगै यतिबेला सामाजिक सञ्जालमा विभाजित मतहरू प्रकट भइरहेका छन्। 

नेता कोइरालाले लेखेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक् बन्द गर्ने निर्णय सरकारवाट हुनु खेदजनक छ। यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु।’

साथै, उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूबारे स्मरण गराएका छन्। 

‘वितगमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरणः गराउन चाहन्छु,’ उनले लेखेका छन्। 

सम्बन्धित सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .