ad ad

राजनीति


सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ : सभामुख

सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ : सभामुख

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २०:५८, काठमाडौँ

सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरको आज आयोजित २९औँ वार्षिक साधारणसभामा मन्तव्य राख्दै सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको धारणा राखेका हुन्।

‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ। सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्व दिएको छ’, उनले भने।

उनले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्वपूर्ण आधार सहकारी भएको भन्दै जनताको पहुँच नभएको ठाउँमा पहुँच पु¥याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए।
 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्यालले तीन दशकमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले बहस र पैरवीलाई निरन्तरता दिएको र यसले सहकारी आन्दोलनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले वित्तीय शिक्षालाई आधारभूत थलो बनाएको सङ्घले वार्षिक नीति तथा कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अझ सवलीकरण गर्ने काममा आफूलाई उभ्याएको प्रष्ट पारे।

सङ्घले सदस्य सुदृढीकरण कार्यक्रम, प्रारम्भिक संस्थाका सदस्यलाई मालिक बनाउने काम र सदस्यले लाभ प्राप्त गर्न सक्ने माध्यम तयार गर्ने अभियान थाल्नु पर्नेमा उनको जोड थियो। 

२९औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सञ्चालक समितिका अध्यक्ष रामहरि बजगाईंले आबद्ध प्रारम्भिक संस्थाको क्षमता अभिवृद्धि गर्ने, सहकारीको अनुगमन तथा एकीकरणलाई जोड दिने, सङ्घको प्रभावकारी व्यवस्थापन गर्नेलगायत योजना तथा कार्यक्रम रहेको बताए।

सङ्घले २९औँ वार्षिक साधारणसभाका अवसरमा संस्थापक सञ्चालक शम्भुबहादुर केसी, सहकारी पत्रकार खिलानाथ दाहाल, उत्कृष्ट कर्मचारी रमिता अवाले, उत्कृष्ट सहकारी झम्सिखेलस्थित खुत्रुके बचत तथा ऋण सहकारी संस्था र गोदावरी नगरपालिका–१० स्थित कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .