राजनीति


रास्वपाको संयुक्त बैठक बस्दै, यी हुन् ३ एजेन्डा

रास्वपाको संयुक्त बैठक बस्दै, यी हुन् ३ एजेन्डा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १०:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

रास्वपाका महामन्त्री एव प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्नेछ। 

बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेका कार्य, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःनिर्माणमा सरकारको जिम्मेवारीबारे समीक्षा तथा पार्टीको महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गरिने उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .