राजनीति


रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी स्थगित

रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी स्थगित

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १०:४८, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पेसीमै नराखी स्थगित गरिएको छ।

सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो।

पाँच महिनापछि साप्ताहिक पेसी सूचीमा चढेर यो रिटको सुनुवाइ यस पटक पनि पर धकेलिएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि चौधरी गत जेठ १५ गते छुटेका थिए।

चौधरी रिहा भएलगत्तै कैलालीको टीकापुर घटनामा मारिएका तत्कालीन इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad