ad ad

राजनीति


जाजरकोट भूकम्प : कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो २१ बुँदे सुझाव

जाजरकोट भूकम्प : कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो २१ बुँदे सुझाव

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ११:४५, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २१ बुँदे सुझाव पत्र बुझाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई  २१ बुँदे सुझाव बुझाएका हुन्। 

कांग्रेसको यही आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तीव्र गतिमा काम अघि बढाउनु आवश्यक रहेको निर्णय लिएको थियो। 

बालुवाटार पुगेर कांग्रेस नेतृत्वले भूकम्पपीडितका लागि ५० लाख रुपैयाँको चेक पनि बुझाएका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ।

कांग्रेसले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उक्त कोषमा उपलब्ध गराउने भएको छ।

यसअघि नै कांग्रेसले भूकम्पपछिको उद्धार र राहत वितरणको अवस्थाको अनुगमन गर्न महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समिति बनाइसकेको छ। 

कांग्रेसका सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .